Integrated Green Development Nepal

Banasthali, Kathmandu, Nepal

Main Menu

इंट्टा मजदुरका बालबालिकालाई पुस्तक


2018-05-08

जामुने ।

  तनहुँमा सञ्चालित बेटर ब्रिक परियोजनाले जामुनेका इंट्टा भट्टामा कार्यरत मजदुरका ८६ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

एकिकृत हरित विकास नेपालको संयोजनमा सञ्चालित परियोजनाले म्याग्दे गाउँपालिका अन्तर्गतका माछापुछ्रे , पोखेरेली र मनकामना इंट्टा उद्योगमा काम गर्ने

मजदुरका बालबालिकालाई पाठ्यपुस्तक, विद्यालय पोशाक तथा झोला प्रदान गरिएको संस्थाका अध्यक्ष रामदत्त पौडेलले जानकारी दिए ।

जिल्ला शिक्षा अधिकारी  टोपबहादुर श्रेष्ठले यस बर्ष ‘हामी सबैको ईच्छा ,निशुल्क अनिवार्य आधारभुत शिक्षा’ नारालाई सफल बनाउन कार्यक्रमले सहयोग गरेको भन्दै खुशी व्यक्त गरे ।

बाल कल्याण समिति तनहुँका अधिकृत सन्तोष गोदार, राधा माविका सहायक प्रधानाध्यापक  महेन्द्रराज काफ्ले, उद्योगी हर्कबहादुर गुरुङ, 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले विद्यालय नजाने मजदुरका विद्यार्थीको शिक्षाका लागि कार्यक्रमले गरेको सहयोग उपयोगी भएको बताए ।

see more

See Our News and Downloads