Integrated Green Development Nepal

Banasthali, Kathmandu, Nepal

Main Menu

इट्टा उद्योगका बालबालिकाहरुलाई अबलोकन भ्रमण


2018-05-08

                                                              इट्टा उद्योगका कामदारका २४  जना बाल बालिकाहरुलाई अबलोकन  भ्रमण

२४/१२/२०७४, शनिबार

दमौली तनहुँ

एकिकृत हरित बिकास नेपालको संयोजन र ग्लोबल फेयरनेश  इनिसिएटिभको आर्थीक तथा प्राबिधिक सहयोगमा सन्चालित  बेटर ब्रीक –नेपाल परियोजना  मार्फत गोरखा जिल्लाको कुन्दुर ईट्टा उद्योगमा भारत लखिमपुर जिल्लाबाट आई काम गर्ने कामदारका २४  जना बालबालिकाहरुलाई  शनिबार बन्दीपुर भ्रमण गराइएको छ l

उक्त इट्टा उद्योगका कामदारका श्री शान्ति प्रा बि र  महेन्द्र माद्यामिक बिद्यालयमा अध्ययन गर्ने उक्त बाल बालिकाहरुको मनोरंजन र चौतर्फी बिकासका लागि उक्त भ्रमण गराइएको हो  ।   भ्रमणका क्रममा बालबालिकाहरुलाई बन्दीपुर टुडीखेल ,थानिमाई मन्दिर ,बजार परिसर र भ्यु टावर बाट वरि परिको मनोरम दृश्य समेत अबलोकन गराइएको थियो l साथै सोहि अबसरमा बिद्यार्थीहरुलाई खाना खानु अघि ६ चरणको हात धुने तरिका पनि सिकाइएको थियो l यस्ता कार्यक्रमहरुले विद्यार्थीमा सिक्ने क्षमताको बिकास गर्नुका साथै चौतर्फी बिकास र अध्ययनशिल बाताबरण निर्माण गर्न सहयोगी भूमिका खेल्ने कुरा सस्थाका उपाध्यक्ष रामदत्त पौडेल ले बताउनुभयो l

बाल तथा बँधुवा श्रमको अन्त्य गर्दै समग्र इट्टा उद्योगको रुपान्तरणका लागि बिगत ३ वर्ष देखि तनहुँ ,लमजुङ र गोरखा जिल्लाका ६ इट्टा उद्योगमा काम गर्दै आइरहेको बेटर ब्रीक नेपाल परियोजनाका  यस्ता गतिबिधि र कार्यक्रमले विद्यार्थीको किताब बाहिर गएर सोच्ने क्षमताको बिकास गर्ने कुरा उद्योग प्रतिनिधि ,नाइके र प्रतिनिधि अबिभाबकले बताएको कुरा उक्त बेटर ब्रीक –नेपालका कार्यक्रम संयोजक  सुदिप सेढाइले बताउनुभयो ।

 

See Our News and Downloads